काठमाडौं : पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा परीक्षण गराएका २० हजार १६५ नमूनामध्ये ६ हजार ८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १७ हजार १४७ नमूनाको पीसीआर र ३ हजार १८ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ६ हजार ८९८ जनाले स्वास्थ्य लाभ गरेका छन् भने जनाले ६८ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार हाल कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख ४७ हजार ८९ पुगेको छ। ७२५ जना क्वारेन्टाइनमा छन्।
Facebook Comments